हेमन्ता भट्टराईको तिज गित सार्वजनिक (भिडियो)

समस्त नारी जाति यस धर्ती र सृष्टिका लागि अनुपम वरदान हुन् । नारी सृष्टिका कारक हुन् र शक्तिका केन्द्र पनि हुन् । हरितालिका तिजको दिन वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरूले आफ्नो शौभाग्य र परिवारको सु–स्वास्थ्य अनि दीर्घायुका लागि व्रत बस्ने दिन,अविवाहित नारीहरूले आफूले भनेजस्तै वर पाइयोस् भनी भगवानसँग आव्हान गर्ने दिन,मनोकामना पूरा हुने विश्वासको दिन अनि हर्षको दिनका साथै साथि संगीसँग भेट्दै छाम छाम नाचगान गर्ने दिन र पी भुलाउने दिन ।

रातो पहिरन,छड्के तिलहरी,वुलाकी,लगायतका विभिन्न गहनाहरु अनि उत्साहपूर्ण माहौलमा निरन्तरको नाचगान । न भोकको संवेदना छ न तिर्खाको संझना,रातो रङ्गको दिन,पवित्रताको दिन,सङ्गीतको दिन अनि नृत्यको दिन ।

आँगनबाट चुराको खनखन, पाउजुको छमछम आउँदछ । तीजको रौनकमा थप उत्साह भनेको तीजका लोक भाकाहरू अनि मौलिक सङ्गीतहरू हुन् । हरेक वर्ष सयौँ तीजका नयाँ भाकाहरू आउने गर्छन् । तीजको उत्साहमा फरक सांगीतिक हस्ताक्षर गरेर जान्छन् ।

यसै सन्दर्भमा नेपाली गीतसङ्गीत प्रेमी केहि समय देखि नेपाली साङ्गीतिक क्षेत्रमा सक्रिय कलाकारहरूको लागी चलिरहेको कलम यसपटक पनि हिन्दु नारीहरूको आउदै गरेको महान् पर्व हरितालिका तिजको शुभकामना सहित हेमन्ता भट्टराईको शब्द संगित र आवाजमा साथै बाल गायक सुप्रीम मल्ल ठकुरी र प्रीयंका शर्माको स्वरमा“मामा घर”गायिकाको आफ्नै युटुब च्यानलबाट सार्वजनिक गरिसकेकी छन् ।

गित संगीतमा निकै नै रुचि राख्ने भट्टराईले अत्यन्तै मिठो अनि मौलिक रहेको भाका रहेको तिज गित सार्वजनिक गरिसके पछी ५० हजार भन्दा माथि दर्शक स्रोताको नजरमा पुगिसकेको छ । तीज गीतको नाममा पछिल्लो समय धेरै तीजका गितहरु दोहोरी गीत जस्तै बनेर ,अलिक भड्किला शब्दहरु प्रयोग गरेर आइरहेका छन् उसो त मौलिक तिज गितहरु लोप हुन थाले भन्ने जस्ता जनगुनासाहरु आइरहेको अवस्थामा भट्टराईले भने मौलिक सृजनालाई अलि बढी महत्व दिएकि छन् ।

भिम बिष्ट”आछमि रेखा”ले निर्देशन गरेको म्युजिक भिडियो छायांकन तथा सम्पादन भने अमृत उपाध्यायले गरेका हुन् । म्युजिक भिडियोमागीतको म्युजिक भिडियोमा कल्पना ढुंगाना,झरना बोहरा,अनु खड्का,कविता खड्का,कोपिला सिंह,प्रियंका कुँवर,पुष्प बडैला र लक्ष्मी आशिक लगायतका कलाकारको अभिनय रहेको छ ।


३ साउन २०७९, मंगलवार १०:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु