आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?
नेपालमा हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी वायुको प्रभावका कारण देशभर आंशिकदेखि सामान्यता बदली रहने मौसमविद्ले जानकारी दिएका छन् ।
पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा मेघ गर्ज र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । अहिले बिहान देशभर आंशिकदेखि सामान्यता बदली रहेको छ ।
आज राति देशका पहाडी भूभागमा आंशिकदेखि सामान्यता बदली रही बाँकी भूभागमा आंशिकदेखि मौसम सामान्यता सफा रहने पूर्वानुमान महाशाखाले गरेको छ ।
प्रदेश १, मधेस र बागमतीका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक/दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
३१ असार २०७९, शुक्रवार ०६:५२ बजे प्रकाशित













