धौलीगंगाको बाँध शुक्रबार खोलिने, सतर्कता अपनाउन आग्रह

नेपाल–भारत सीमामा रहेको धौलीगंगा बाँध शुक्रबार खोलिने भएको छ । भारतको उत्तराखण्डस्थित धार्चुला नजिक रहेको धौलीगंगा पावर स्टेशनमा सरसफाइ गरिने भएकाले बाँध खोल्ने जनाइएकोे छ ।

बाँधका ढोका खोलिने भन्दै दार्चुला प्रशासनले महाकाली किनारका बस्तीमा सतर्कता अपनाउन समेत आग्रह गरेको छ । विहान ५ बजेदेखि बेलुका ८ बजेसम्म सरसफाइ गरिने जनाइएको छ ।


३० असार २०७९, बिहीवार २१:५७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु