जसपा कार्यकारिणी सदस्य यादवद्वारा पार्टी परित्याग
जनता समाजवादी पार्टीकी कार्यकारिणी सदस्य रेणुकुमारी यादवले पार्टी परित्याग गरेकी छन् । व्यक्तिगत कारण देखाउँदै पूर्वमन्त्री रहेकी यादवले बिहीबार जसपासँगको सम्पूर्ण पदीय जिम्मेवारी त्याग गरेको घोषणा गरेकी हुन् ।
‘वर्तमान अवस्थामा व्यक्तिगत कारणले गर्दा पदीय जिम्मेवारीमा रहेर काम गर्न सक्ने अवस्था नरहेकोले मैले यस जनता समाजवादी पार्टी (जसपा)नेपालसँगको पदीय जिम्मेवारीबाट अलग हुने निर्णयमा पुगेको छु,’अध्यक्षलाई सम्बोधन गरिएको पत्रमा लेखिएको छ,’तसर्थ आजकै मितिदेखि लागू हुने गरी पार्टीले मलाई दिएको पार्टीको सम्पूर्ण पदीय जिम्मेवारीहरू त्याग गरेको व्यहोरा यहाँलाई जानकारी गराउँदछु।,’ यादव यसअघि भौतिक पूर्वाधार मन्त्री थिइन् । जसपाले नयाँ मन्त्री पठाएपछि उनी फिर्ता भएकी हुन् ।
३० असार २०७९, बिहीवार १८:३३ बजे प्रकाशित





























