punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा बलेरो जिप दुर्घटना हुँदा घाइते भएका युवकको मृत्यु

Chaupati
safha napa

कैलालीमा बलेरो जिपले छाडा गोरुलाई ठक्कर दिई पल्टिदा घाइते भएका एक युवकको मृत्यु भएको छ ।
बुधबार धनगढी उपमहानगरपालिका ३ भाटभटेनी अगाडी धनगढीबाट अत्तरिया तर्फ जादै गरेको से१ज ८९० नम्बरको बलेरो जिपले छाडा गोरुलाई ठक्कर दिई पल्टिदा गोरुको घट्नास्थलमानै मृत्यु भएको थियो ।

बझाङ्ग तलकोट गा.पा. ५ का चालक २२ बर्षिय राम संत्यालले जिप चलाएका थिए । जिपमा सवार करिव बर्ष २४ का आकाश मल्ल घाइते भएका थिए । आकाश मल्लको दाहिने कानमाथी टाउकोमा चोट लागेको माया मेट्रो अस्पताल धनगढीमा लगी उपचार भईरहेको अवस्था आज मृत्यु भएको हो ।

चालकलाई केही नभएको र जिप र जिप चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यलय कैलालीका प्रहरी नायव उपरिक्षक बेद प्रकाश जोशीले बताए ।

 


२९ असार २०७९, बुधवार २१:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु