punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जोकोभिचले जिते लगातार चौथोपटक विम्बल्डन

Chaupati
safha napa

नोभाक जोकोभिचले वर्षको तेस्रो ग्रान्डस्लाम टेनिस विम्बल्डनको उपाधि जितेका छन्। आइतबार राती भएको फाइनलमा पहिलोपटक ग्रान्डस्लाम जित्ने प्रयाशमा देखिएका निक किर्गियसलाई हराउँदै जोकोभिचले लगातार चौथोपटक विम्बल्डन जितेका हुन्।

जोकोभिचले समग्रमा २१ औँ पटक एकल ग्रान्डस्लाम जितेका हुन्। उनी पुरुषतर्फ सर्वाधिक एकल ग्रान्डस्लाम जित्ने राफेल नाडालको कीर्तिमान बराबरी गर्नबाट एक उपाधिले मात्र टाढा छन्। २२ पटक ग्रान्डस्लाम च्याम्पियन बनेका ३७ वर्षीय राफेल नाडाल यसपटक चोटका कारण सेमिफाइनल त्याग्न बाध्य बनेका थिए।

किर्गियसविरुद्ध पहिलो सेट ४/६ ले गुमाएका जोकोभिच त्यसपछि लगातार तीन सेट ६/३, ६/४ र ७/६ ले जित्दै उपाधि हात पार्न सफल भए। जोकोभिचले हालसम्म अस्ट्रेलियन ओपन ९ पटक, फ्रेन्च ओपन २ पटक, ७ पटक विम्बल्डन र तीनपटक यूएस ओपन जितेका छन्।


२६ असार २०७९, आइतवार २२:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु