बुढीगङ्गा अपडेटः चार वटा वडा जित्दा प्रमुखमा एमाले दोब्बर मतले अगाडि

बाजुराको बुढीगङ्गामा मतगणना भइरहेको छ । चार वटा वडा जितेको एमाले मेयर र उपमेयर दुवैमा अगाडि छ ।

नेकपा एमालेका मेयर उम्मेदवार रामबहादुर बानियाँले २,४४३ मत पाएका छन् । उपमेयर मायाकुमारी खड्का कुवँरले २,४१७ मत पाएकी छन् ।

नेपाली कांग्रेसका मेयर उम्मेदवार रंगबहादुर खातीले १,२९१ र उपमेयररीता शाहीले १,३१२ मत पाएका छन् ।

एमाले मेयरमा १,१५१ र उपमेयरमा १,१०१ मतले अघि छ । अहिलेसम्म ३,९६२ मत गणना भएको छ ।

एमालेले ४ वटा वडा जित्दा १ मा कांग्रेस र ३ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार पराजित भएका छन् ।


२५ असार २०७९, शनिवार ११:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु