धनगढीमा छाडा पशुचौपाया व्यवस्थापनमा चुनौती

धनगढीमा छाडा पशुचौपाया व्यवस्थापनमा चुनौती थपिएपछि धनगढी उपमहानगरपालिकाले ५ बर्ष अघि देवहरिया वनस्पति उद्यानभित्र गौशाला निर्माण गरेको थियो । धनगढी उपमहनगरपालिका वडा नम्बर ७ मा रहेको देवहरिया गौशालामा अहिले करिव २ सय ५७ सय छाडा पशुचौपाया रहेका छन् । सुरुमा एक हजार छाडा पशुचौपाया रहेको गौशालामा अहिले घटेर २५७ पशुचौपाया मात्रै छन् । गौशाला ब्यवस्थापमा चुनौती थपिएपछि चौपायाको संख्या पनि घटेको देखिन्छ ।

धनगढी उपमहानगरपालिकाले २०७४ साल साउन २५ गते देवहरिया वनस्पति उद्यानको जग्गामा अस्थायी गौशाला निर्माण गर्ने सम्झौता गरेको थियो ।

पशुचौपायालाई पर्याप्त आहारा गौशालामा नभएपछि समस्या हुने गरेको त्यहाँ पशुचौपाया हेर्दै आएका हेरालु ९चौकीदार० लालसिंह रानाले बताए । ‘पशुचौपायालाई कहिले भुस्सा त कहिले परालको अभाव हुन्छ,’ उनले भने, ‘पछिल्लो ५ महिनामा ३७ ओटा चौपाया मरे ।,’ अहिले थोरै भए पनि गहुँको भुस्सा छ तर हरियो घाँसपात छैन् ।

हेरालु जवाहीर रानाले पनि लामो समयदेखि त्यहाँ रहेका चौपायालाई हेर्दै आएका छन् । खुला रुपमा चर्न नपाउँदा समस्या हुने गरेको उनको भनाइ छ । चौपायालाई पिउनलाई पानी र भुस्साको ब्यवस्था भए पनि त्यो पर्याप्त नभएको उनको भनाइ छ ।

No description available.

हेरालु तथा त्यहाँका संयोजक पृथ्वी रानाले गौशाला ब्यवस्थापनमा समस्या रहेको बताए । ‘सुरुमा एक हजार चौपाया रहेकोमा अहिले तीन सय पुग्न मुस्किल छ,’ उनले भने, ‘धेरै चौपाया मेरेर गए । भुस्साले मात्रै हुदैँन हरियो घाँसपात नै छैन् ।,’ उनले पशुचौपाया तोकिएको क्षेत्रभन्दा बाहीर लगेर चराउन नमिल्ने बताए ।

जथाभावी रूपमा गाईगोरुहरूलाई छोड्न नपाइने र तोकिएको स्थानमा मात्र चरन र पानीको व्यवस्था गर्ने भनेर सम्झौता गरिएको हुँदा पनि समस्या गरे उनको भनाइ छ । देवहरिया वनस्पति अनुसन्धान केन्द्रले गाईगोरु व्यवस्थापनका लागि उपमहानगरपालिकालाई १० हेक्टर जमिन उपलब्ध गराएको छ । गौशालामा यसअघि १० जना हेरालु रहे पनि अहिले भने ६ जना मात्रै हेरालु राखिएको छ । हेरालुले दैनिक पाँच सय रुपैँया पाउने गरेका छन् ।

No description available.

धनगढी उपमहानगरपालिकाका सामाजीक शाखा प्रमुख टंक विष्टले छाडा पशुचौपाया व्यवस्थापनका लागि देवरियामा गौशाला निर्माण गरेको बताए । गौशालामा आवश्यक पराल, पानी लगायतको व्यवस्थापन धनगढी उपमहानगरले नै गर्ने गरेको उनले बताए । ‘ठाउँ सानो भएका कारण थोरै समस्या भएको छ । यसको ब्यवस्थापनका लागि निजी क्षेत्रसँग पनि सहकार्य गरिरहेका छौँ,’ उनले भने, ‘साउनभित्रै यसको उचित ब्यवस्थापन हुन्छ ।,’ शाखा प्रमुख विष्टले सुरुका दिनमा धेरै चौपाया रहे पनि अहिले घटेको बताएका छन् ।

No description available.
धनगढी उपमहानगरपालिका बजार लगायतका क्षेत्रभित्रका छाडा पशुचौपायाबाट सडक आवगमनमा अवरोध, सम्भावित सवारी दुर्घटना र बालीनालीको नोक्सानी हुनबाट जोगाउन गौशाला निर्माण गरेको हो । अझै पनि कतिपय चौपाया अझै सडकमै देखिने गरेका छन् । धनगढी बजार क्षेत्रमा जथाभावी छोडिएका पशुचौपायालाई काडेतार सहितको घेरबार र पशुचौपायाहरूको लागि गोठ निर्माण गरिएको छ । तर, उचित चरन, आहारा रेखदेखको वन्दोवस्त नहुँदा वेवारिसे गाई संरक्षण र व्यवस्थापन गर्न चुनौती देखिएको छ ।

No description available.


२५ असार २०७९, शनिवार ११:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु