कैलालीको मोहना नदीले खतराको तह पार गर्यो
गएरातीदेखि आएको बर्षाले कैलाली स्थित मोहना नदीमा पानीको सतहले खतराको तह पार गरेको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार नदीमा पानीको सतहले खतराको तह पार गरेको हो । तीन मिटर खतराको संकेत रहेको मोहना नदिमा अहिले ६:३० बजे ३ दशमलव ०९ मिटर पानीको सतह पुगेपछि तटीय क्षेत्रहरू तथा डुबान भइरहने ठाउँका बासिन्दालाई सतर्क हुन आग्रह गरिएको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार यहाँका कान्द्रा र मोहना नदिमा पानीको सतह बढ्दो क्रममा छ ।
२५ असार २०७९, शनिवार ११:३९ बजे प्रकाशित













