मुख्यमन्त्री ब्याटमिन्टन प्रयोगिताको उपाधी कञ्चनपुरलाई
मुख्यमन्त्री ब्याटमिन्टन प्रतियोगिताको उपाधी कञ्चनपुरले हात पारेको छ । धनगढीमा बिहीबारदेखि सुरु भएको मुख्यमन्त्री कप सुदूरपश्चिम प्रदेश स्तरिय ब्याटमिन्टन प्रतियोगिताको उपाधी ककञ्चनपुरले हात पारेको हो । यस्तै प्रतियोगिताको उप विजेता पनि कञ्चनपुरले नै बनेको छ ।
प्रतियोगितामा महिलामा तर्फ १९ वर्ष मुनिका महेन्द्रनगरकी बिष्ना बिष्ट प्रथम भएकी छन् । यस्तै प्रतियोगिताको दोस्रो पनि महेन्द्रनगरकै निर्मला महरा भएकी छन् । प्रथम हुनेले १५ हजार नगदसहित ट्रफि र प्रमाणपत्र पाएका छन् भने द्धितीय हुनेले १० हजार नगदसहित ट्रफि र प्रमाणपत्र पाएका छन् । यस्तै पुरुष तर्फ १९ वर्षमुनिका प्रकाश चन्द प्रथम र सौरभ बम दोस्रो भएका छन् ।
प्रतियोगितामा ९ वटै जिल्लाका चार महिला र चार जना पुरुष खेलाडी र एक/एक जना व्यवस्थापक गरेर ९१ जनाको सहभागीता रहेको थियो ।
प्रतियोगितामा १९ वर्षमुनि र १५ बर्षमुनिका महिला तथा पुरुष गरी चार विधामा प्रतिस्पर्धा रहेको थियो । कञ्चनपुरका तर्फबाट ब्याडमिन्टन संघका उपाध्यक्ष दिल बहादुर धामी प्रशिक्षक रहेका थिए । उनले खेलाडीको कडा मेहनत, अनुशासन एव प्रशिक्षक सबै क्षेत्रको मेहनतले उपाधी चुमेको बताए ।

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा बिहीबारदेखि सुरु भएको मुख्यमन्त्री कप सुदूरपश्चिम प्रदेश व्याटमिन्टन प्रतियोगिता शनिबार सम्पन्न भएको छ ।
१८ असार २०७९, शनिवार २२:४९ बजे प्रकाशित






























