punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

तीन महीनामा सुदूरपश्‍चिमबाट भित्रिए दुई लाख ६५ हजार नेपाली

Chaupati
safha napa

धनगढी,जेठ ३१ । तीन महीनायता भारतबाट सुदूरपश्‍चिम प्रदेशका नाका हुँदै अढाइ लाखभन्दा बढी नेपाली स्वदेश फर्किएका छन्।प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार गत २३ फागुनयता सुदूरपश्‍चिमका चार नाकाबाट करिब दुई लाख ६५ हजार नेपाली स्वदेश फर्किएका हुन्।

कैलालीको त्रिनगर, कञ्‍चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुला नाका हुँदै उनीहरू नेपाल भित्रिएका हुन्। २ जेठयता मात्र एक लाखभन्दा बढी नागरिक स्वदेश फर्किएको सामाजिक विकास मन्त्री कृष्ण सुवेदीले जानकारी दिए।

मन्त्रालयको अनुसार २३ फागुनदेखि ९ चैतसम्म एक लाख ४३ हजार तीन सय २५ नेपाली भित्रिएका छन्। यस्तै, चैत १० र ११ मा १६ हजारभन्दा धेरै नेपाली स्वदेश फिरेका छन्।ती महीनायता कैलालीको त्रिनगर नाकाबाट सबैभन्दा धेरै स्वदेश फर्किएका छन्। त्यसपछि कञ्‍चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुला नाकाबाट नेपाल भित्रिएका छन्।


३१ जेठ २०७७, शनिवार ०२:३८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु