बैतडीका ८ पालिका पूर्ण खोप सुनिश्चित
बैतडी जिल्लाका ८ ओटा पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ। ८ ओटा पालिकाका १६ महिनादेखि २३ महिना सम्मका बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार पाउनुपर्ने खोप पाएपछि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो।
जिल्लाको शिवनाथ, सिगास, डिलाशैनी, सुर्नया, पञ्चेश्वर गाउँपालिका, मेलौली, पुर्चौंडी र पाटन नगरपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ। बाँकी रहेका दुई पालिका दोगडाकेदार गाउँपालिका र दशरथचन्द नगरपालिकालाई पनि दुई दिनभित्रै पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए।
सबै पालिका पूर्ण खोप सुनिश्चित घोषणा भएसँगै असार ६ गते बैतडीलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिने उनले बताए।
४ असार २०७९, शनिवार १०:११ बजे प्रकाशित













