डोटीमा चितुवाको आक्रमणबाट आमा छोरी घाइते

डोटीको दिपायल सिलगढी नगरपालिका–७ उडितोलामा चितुवाको आक्रमणबाट २ जना घाइते भएका छन् ।

चितुवाको आक्रमणबाट स्थानीयवासी ४५ वर्षीया पार्वती विक र उनकी तीन वर्षीया छोरी लक्ष्मी घाइते भएका जिल्ला प्रहरी कार्यालय डोटीका सहायक सूचना अधिकारी एवम् प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिए । उनका अनुसार बिहान घरभित्र पसेर चितुवाले आक्रमण गरेको थियो ।

पार्वतीको बायाँ हातको पाखुरा तथा टाउकोमा र उनकी छोरी लक्ष्मीको घाँटी र टाउकोमा चोट लागेको छ । घाइते आमा छोरीको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ ।


४ असार २०७९, शनिवार ०९:१४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु