सिरहामा २७ किलो लागूऔषध गाँजा बरामद

सिरहामा २७ किलो लागूऔषध गाँजा बरामद गरिएको छ। ईसुखिपुर नगरपालिका ८ महदेवाबाट २७ किलो अवैध लागूऔषध गाँजा प्रहरीले बरामद गरेको हो।

ईलाका प्रहरी कार्यालय सुखिपुरबाट खटिएको प्रहरीलाई देख्नासाथ स५ प ४४०६ नम्बरको मोटरसाइकलमा आउँदै गरेका व्यक्तिले मोटरसाइकल छोडी फरार भएपश्चात मोटरसाइकल जाँच गर्ने क्रममा ३ बोरामा रहेको उक्त गाँजा फेला पारी बरामद गरेको प्रहरीले बताएको छ।

हाल फरार व्यक्तिको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।


३ असार २०७९, शुक्रवार २२:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु