अपांगता भएका व्यक्तिलाई पंखा र स्वयंसेविकालाई साइकल वितरण

धनगढी उपमहानगरपालिका वडा नम्बर- २ मा अपांगता भएका व्यक्तिहरुलाई पंखा र स्वयंसेविकालाई साइकल वितरण गरिएको छ । शुक्रबार धनगढीका मेयर गोपाल हमाल, उपमेयर कन्दकला राना र वडा अध्यक्ष धर्मराज ओझाले संयुक्त रुपमा हस्तारन्तण गरे ।

साइकल धनगढीमा केही दिनदेखि अत्यधिक गर्मी हुन थालेपछि ‘क’ वर्ग र ‘ख’ वर्गका गरी ४५ जना अपांगता भएका व्यक्तिलाई गर्मीबाट राहत दिन वडा कार्यालयले टेबुल पंखा वितरण गरेको हो ।

अत्यधिक गर्मीले जनजीवन प्रभावित भइरहेका बेला ‘क’ वर्गका अपांगता भएका व्यक्तिलाई झनै सकस रहेको वडा नम्बर- २ का वडाध्यक्ष धर्मराज ओझाले बताए । ‘पूर्ण असक्त रहेका तथा हिँडडुल गर्नै नसक्ने र अरुको सहारामा दैनिक जीवन यापन गरिरहेका ‘क’ वर्गका अपांगता भएका व्यक्ति सुतिरहँदा शरीर पसिनाले निथ्रुक्क भिजिरहेको हुन्छ, त्यस्तो अवस्था नहोस् र उनीहरुलाई गर्मीबाट राहत मिलोस् भनेर पंखा वितरण गरेका हौँ,’ उनले भने ।

यसैगरी वडा कार्यालयले वडामा रहेका १० महिला स्वयंसेविकालाई साइकल वितरण गरेको छ ।


२७ जेठ २०७९, शुक्रवार २१:४० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु