सार्वजनिक यातायातको भाडा फेरि बढ्यो
सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाएको छ । यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना प्रकाशित गर्दै अन्तर प्रदेश यातायातका मालबाहक तथा यात्रुबाहक सवारीको भाडादर बढाएको जनाएको हो ।
यसअघि ११ जेठमा यात्रुबाहक सवारीको भाडा २ प्रतिशतले घटाएको थियो । अहिले यात्रु बाहकको २.५ प्रतिशतले भाडा बढेको विभागले जनाएको छ । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीको भाडा ३।३ प्रतिशतले र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीको भाडा ३.७ प्रतिशतले बढेको छ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै विभागले पनि गाडी भाडा बढाउने निर्णय गरेको हो ।
२७ जेठ २०७९, शुक्रवार २२:०० बजे प्रकाशित













