कञ्चनपुरमा बेहोस भेटिएका युवकको मृत्यु

कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारमा बेहोस अवस्थामा भेटिएका युवकको मृत्यु भएको छ। परिचय नखुलेका अन्दाजी ३५ वर्षीय युवकको उपचारका क्रममा मंगलवार मृत्यु भएको हो।

नेपाल–भारत सीमा क्षेत्र डोकेबजारबाट भारतीय सीमा सुरक्षा बल एसएसबीले बेहोस अवस्थामा रहेका युवकलाई सोमबार राति नेपाल प्रहरी जिम्मा लगाएको थियो।

प्रहरीचौकी परिसरबाट खटी गएको टोलीले युवकलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा पु¥याएको थियो। उपचारका क्रममा युवकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 


२५ जेठ २०७९, बुधवार ०८:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु