सप्तरीमा विङ्गर दुर्घटना: एकको मृत्यु, १० जना घाइते
सप्तरीको रूपनी गाउँपालिका–५ को मुसहरनियाँ बसविट्टीमा विङ्गर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाकै रूपनी गाउँपालिका–१ नकटीरायपुर घर भएकी ६८ वर्षीया तारावतीदेवी यादव रहेकी छन् ।
उपचारको क्रममा उनको गजेन्द्रनाराणि सिंह अस्पताल राजविराजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधवप्रसाद काफ्ले बताए ।
त्यस्तै, दुर्घटनामा परी विङ्गरमा सवार १० जना घाइते भएका छन् । प्रवक्ता काफ्लेका अनुसार प्र ३– ००१ ज ०२७७ नम्बरको उक्त विङ्गर राजविराज–रूपनी सडक खण्डमा राजविराजतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो ।
२५ जेठ २०७९, बुधवार ०८:३३ बजे प्रकाशित












