नेसन्स लिगमा इटालीको जित
निकोलो बारेल्ला र लोरेन्जोपेलेग्रिनीको गोलमा युरोपियन च्याम्पियन इटालीले यूईएफए नेसन्स लिगमा मंगलबार राति हंगेरीलाई २–१ ले हराएको छ ।
नेसन्स लिगमा जारी सिजन इटालीको यो पहिलो जित हो । इटालीले यसअघि जर्मनीसँग १–१ को बराबरी खेलेको थियो । जितसँगै इटाली यूईएफए नेसन्स लिग ‘ए’को समूह–३ को शीर्ष स्थानमा छ । इटालीले दुई खेलबाट ४ अंक जोडेको छ । तीन अंक जोडेको हंगेरी दोस्रो स्थानमा छ । दुई अंक जोडेको जर्मनी तेस्रो र एक अंक जोडेको इङ्ल्यान्ड चौथो स्थानमा छ ।
फिफा विश्वकपमा स्थान बनाउन असफल इटालीले घरेलु मैदानमा बारेल्लाको गोलबाट ३०औं मिनेटमा अग्रता लिएको थियो । पहिलो हाफको अन्तिम मिनेटमा पेलिग्रिनीले इटालीको अग्रता दोब्बर बनाए ।
६१औं मिनेटमा जियानलुका मान्सिनीले गरेको आत्मघाती गोलमा हंगेरीले पुनरागमन गर्ने प्रयास गरेको थियो । तर, सफल भने हुन सकेन । हंगेरीले यसअघि इङ्ल्यान्डलाई १–० ले हराएको थियो ।
२५ जेठ २०७९, बुधवार ०८:२४ बजे प्रकाशित












