punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

हप्ताको दुई दिन विदा खारेजीको माग गर्दै सर्वोच्चमा रिट

Chaupati
safha napa

हप्तामा दुई दिन सार्वजनिक विदा दिने सरकारको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

मन्त्रिपरिषदले आवश्यक विचार विमर्श नै नगरी हप्तामा दुई दिन सार्वजनिक विदा दिएको भन्दै अधिवक्ता रामबहादुर शाही, तेजबहादुर लोहिया, सन्तोष भण्डारी र त्रिलोकबहादुर चन्दले रिट दायर गरेका हुन् ।

उनीहरुले आइतबार पनि सार्वजनिक विदा दिने वैशाख २६ गतेको निर्णय बदर गर्न र परमादेश माग गरेका छन् । मन्त्रिपरिषदको बैठक २६ गतेको निर्णय अनुसार जेठ १ देखि सरकारी कार्यालयमा शनिबार र आइतबार सार्वजनिक विदा कार्यान्वयन भइरहेको छ ।

हेर्नुहोस् रिट निवेदन


२३ जेठ २०७९, सोमवार १८:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु