सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ)
सुदूरपश्चिम प्रदेश सरकारले आइतबार नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । सुदूरपश्चिम प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख देवराज जोशीले आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
नीति तथा कार्यक्रममा नेपाल सरकारसँग सहकार्यमा जडीबुटी उत्पादन तथा प्रशोधन उद्योग स्थापना गरिने उल्लेख गरिएको छ । उच्च हिमाली क्षेत्रमा जडीबुटी सम्बन्धी सेवा दिने कार्यालय र प्रदेशभित्र काठको सहज आपूर्तिका लागि प्रदेश वन निगम स्थापना गरिने जनाइएको छ । प्रदेश संग्राहलय स्थापनका लागि सम्भाव्यता अध्ययन गरिने भएको छ ।
नीति तथा कार्यक्रममा पाहुनाको सत्कार सुदूरपश्चिमको संस्कार भन्ने नाराका साथ पर्यटन उद्योगलाई सेवामूलक व्यावसायिक र प्रभावकारी बनाउन क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने र आवश्यक कानुनी तथा संरचनागत व्यवस्था गरी प्रदेश प्राविधिक विश्वविद्यालय सञ्चालन गरिने भनिएको छ ।
यस्तै चिसापानी सुगरखाल पण्डौन खैराला खानीडाडा गुरिल्ला ट्रेलको सम्भाव्यता अध्ययन गरी पर्यटकीय पदमार्गको रूपमा विकास गरिने उल्लेख गरिएको छ ।
प्रदेश निर्वाचन क्षेत्र एक नमुना विद्यालय कार्यक्रम अन्तर्गत क्रमिक रूपमा विद्यालय छनोट गरी कार्यक्रम सञ्चालन गर्ने र १५० सामुदायिक विद्यालयमा सूचना तथा प्रविधि प्रयोगशाला विस्तार गरिने उल्लेख छ ।
प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रम सञ्चालन गरी सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गरिने र कक्षा १० को अन्तिम परीक्षाको व्यवस्थापन तथा सञ्चालन गर्न प्रदेश परीक्षा बोर्ड स्थापना गरिने भनिएको छ ।
नीति तथा कार्यक्रममा कैलाली कञ्चनपुरमा बहुउद्देश्यीय रंगशाला र स्तरोन्नति गरी रात्रि कालिन खेल सञ्चालन गर्ने र मुख्यमन्त्री खेलकुद प्रतियोगितालाई विस्तार गरिने, चिसापानी अत्तरिया गड्डाचौकी खण्डलाई ४ लेनको बनाउन सम्भाव्यता अध्ययन गरिने छ ।
सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठाको संस्थागत संरचना गरी सञ्चालनमा ल्याइने उल्लेख गरिएको छ ।
सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम हेर्न यहाँ क्लिक गर्नुस्
सुदूरपश्चिम-प्रदेश-सरकारको-आ.व.-२०७९-०८०-वार्षिक-नीति-तथा-कार्यक्रम
२२ जेठ २०७९, आइतवार १९:०२ बजे प्रकाशित






























