पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय तत्काल कार्यान्वयन गर्न माग

संयुक्त विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थमा मूल्य घटाउने सरकारको निर्णय कार्यान्वयनमा ल्याउन माग गरेको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु क्रान्तिकारीलगायत १५ विद्यार्थी सङ्गठनको शनिबार बसेको बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तिलाई सकारात्मकरूपमा लिएको र तत्काल कार्यान्वयन गर्न माग गरेको छ । त्यस्तै आन्दोलनरत विद्यार्थी सङ्गठनसँग तीन दिनभित्र छलफल गरी निष्कर्षमा पुर्‍याउन माग गरिएको छ ।

बैठकपछि जारी गरेको प्रेस विज्ञप्तिमा विद्यार्थी सङ्गठनले दैनिक उपभोग्य वस्तु तथा सेवाको ढुवानी र लागत भाडामा गरिएको मूल्यवृद्धिलाई अनुगमन तथा नियन्त्रण गरी यस अवधिमा बढेको मूल्यवृद्धि फिर्ता गराउन पनि माग गरेका छन् ।

 


१४ जेठ २०७९, शनिवार २२:०४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु