सुदूरपश्चिममा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै
a'9L kf]Ng] kj{ a}t8L, ! c;f]h -/f;;_M a}t8Lsf] bz/yrGb gu/kflnsf –! u'?vf]nfdf a'waf/ ;femF a'9L kf]Ng] kj{sf cj;/df a'9L kf]Nb} . ljho pT;jsf] ?kdf dgfOg] a'9L kf]Ng] kj{ x/]s jif{ c;f]h ;ªqmflGtsf lbg a}t8Lnufot ;'b"/klZrdel/ w'dwfd;Fu dgfOG5 . . tl:a/ M ljgf]b l;+x lji6
डडेल्धुरा। सुदूरपश्चिमका पहाडी जिल्लामा बिहीबार बन्ढुनी अर्थात् बुढी पोल्ने पर्व मनाइँदै छ। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पर्व हरेक वर्ष असोज सङ्क्रान्तिका दिन गाउँबस्तीमा परम्परागत रूपमा मनाउने गरिन्छ।
विशे षगरी डडेल्धुरा, बैतडी, डोटी, अछामलगायत सुदूरपश्चिमका विभिन्न जिल्लामा बन्ढुनी पोल्ने चलन छ। बन्ढुनी पोलेपछि देउडा खेल्ने भएकाले यस पर्वले धार्मिक अनुष्ठानसँगै स्थानीय कला, संस्कृति र सामुदायिक सम्बन्धलाई समेत जोड्ने गरेको पण्डित लोकराज भट्टले बताए।
उनले धार्मिक मान्यता अनुसार द्वापरयुगमा कंसको आदेशमा भगवान् श्रीकृष्णलाई विष खुवाएर मार्न पुगेकी राक्षसी पुतनालाई श्रीकृष्णले वध गरेको सम्झनामा बन्ढुनी पर्व मनाउने गरिएको जानकारी दिए। भदौ सङ्क्रान्ति अर्थात् ओल्के पर्वका दिन लिङ्गो ठड्याएर रुखका हाँगा, सल्लाका काठ तथा विभिन्न वनस्पति थुपारी बनाइएको बन्ढुनीलाई असोज सङ्क्रान्तिको साँझ वा राति जलाउने परम्परा छ।
स्थानीय बासिन्दाले यस दिन गाईवस्तुको गोठ तथा गोबर थुपार्ने स्थानलाई विशेष रूपमा सजाउने गर्छन्। कांस, अम्रिसोलगायत पाँच जातका घाँसले बेरेर सल्लाको दियालोबाट राँको बनाइन्छ। त्यसैबाट बन्ढुनीमा आगो लगाएर जलाउने चलन छ। बन्ढुनी जलाउँदा स्थानीय भाषामा ‘गाईबाच्छी पाल, बुढी निकाल, थुई बुढी थुई’ भन्दै काँक्रो मुखमा हालेर फाल्ने तथा बन्ढुनी जलाउने परम्परा रहेको स्थानीय बताउँछन्।
डडेल्धुराको अमरगढी नगरपालिका पोखरा बजारमा बन्ढुनी पर्वका अवसरमा रातभर देउडा खेल्ने परम्परा छ। तिलाडी, पर्केउडा र भाटागाउँ, भट्टराई टोलबाट बाजागाजासहित स्थानीय जम्मा भएर बन्ढुनी पोल्ने गरिन्छ।
धामीले सल्लाको दियालोबाट राँको बनाएर देवदेवीका नारा लगाउँदै बन्ढुनी पोल्ने परम्परा रहेको स्थानीय धामी लक्ष्मण कैनीले बताए। उनका अनुसार पोखरामा परम्परागत रूपमा बिहान करिब ४ बजेको समयमा बन्ढुनी पोल्ने गरिन्छ। त्यसअघि रातभर देउडा खेल्ने र बाजागाजासहित धार्मिक तथा सांस्कृतिक गतिविधि गर्ने गरिएको छ।
१ असोज २०८३, बिहीवार ०९:३४ बजे प्रकाशित













