२०७९ जेठ १५ गते आइतबारको तपाईको राशिफल
मेष : आज गरेको कार्यमा सफलता मिल्ने छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । वैदेशिक क्षेत्रको काम पनि अघि बढ्ने छ ।
मिथुन: आज प्रणय सम्बन्ध कसिलो हुने समय रहेको छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । दिनको उत्तरार्धमा अनावश्यक खर्च बढ्न सक्छ ।
सिंह : आज चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्ने छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ ।
तुला : आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । शुभ कार्य र नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । परिवारमा सुख सन्तोष छाउला ।
धनु : आज अरुलाई प्रभावित पारेर काम बन्ने र धनागम हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । धार्मिक र सांस्कृतिक कार्यमा मन जानेछ ।
कुम्भ : आज लाभ-हानी, आय-व्यय, सुख-दुःख बराबरी मध्यम खालको दिन छ । ठूलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । धार्मिक यात्रा हुनसक्छ ।
वृष : मनमा दुबिधा उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । शेयर बजारको कारोबारमा मन्दी आउने र कार्यमा व्यवधान आइपर्ला ।
कर्कट : मन प्रसन्न रहने र स्वादिष्ट परिकारको अवसर जुर्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्ने छ । परिश्रम अनुसार राम्रै प्रतिफल प्राप्त हुनेछ ।
कन्या : महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सानातिना समस्यामा अल्झिनु पर्नेछ । स्वास्थ्यमा समस्या आउला । अनावश्यक धन खर्च हुनेछ ।
वृश्चिक : आज घुमफिर र मनोरञ्जन हुनेछ । विशिष्ट व्यक्तिको साथ पाइनेछ । राजनैतिक कार्यमा सफलता मिल्ने छ, तर क्रोध भाव बढ्न सक्छ ।
मकर : सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्ने छ । अधुरो व्यावसायिक काम अगाडि बढ्न सक्छ, तर शेयर बजारको कारोबारमा मन्दी आउला ।
मीन : आज रमणीय र सुखद् यात्राको योग छ । सामाजिक क्षेत्रमा सफलता मिल्ने छ । मनमा सहयोग भाव आउला । प्रेम सम्बन्ध पनि कसिलो हुनेछ ।
१५ जेठ २०७९, आइतवार ०७:०६ बजे प्रकाशित












