अछाममा डाक्टर बनेर विभिन्न प्रलोभन देखाउँदै आएका एक युवक पक्राउ

अछाममा नक्कली डाक्टर बनेर विभिन्न प्रलोभन देखाउँदै आएका युवकलाई प्रहरीले पक्राउ गरेको छ। मंगलसेन नगरपालिका–२ का २९ वर्षीय चक्रबहादुर विकलाई प्रहरीले पक्राउ गरेको हो । उनले आफू त्रिवि शिक्षण अस्पताल र बिर अस्पताल काठमाडौंमा कार्यरत एमबीबीएस र एमएस कन्सल्टेन्ट न्यूरो सर्जन दिपक विसी भएको बताउँदै आएका थिए।

उनको साथबाट डाक्टर विसीको नामबाट काटिएका विभिन्न रसिदहरु, बैंकका भौचरहरु, श्री एयरलाइन्सको बोडिङ पास फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। उनीमाथिअछाम थप अनुसन्धान भइरहेको छ।


१० जेठ २०७९, मंगलवार ११:५८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु