काठमाडौंमा बालेनले कटाए ५० हजार मत

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ५० हजार मत कटाएका छन् । १ लाख ५० हजार ७२० मत गन्दा बालेनले ५० हजार ९८ भोट ल्याएका छन् । यो मतसँगै उनको जित निश्चित जस्तो भएको छ ।

उनलाई पछ्याउँदै नेपाली कांग्रेसकी सिर्जना सिंहले ३० हजार ७७४ मत ल्याएकी छिन् । सिर्जना भन्दा बालेन २० हजार मतले अगाडी छन् ।
त्यस्तै, नेकपा एमालेका केशव स्थापितले २९ हजार ९९७ मतसहित तेस्रो स्थानमा छन् । अब करिब ४० हजार मत गन्न बाँकी छ ।


१० जेठ २०७९, मंगलवार ११:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु