punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आजको मौसम: केही स्थानमा वर्षाको सम्भावना

Chaupati
safha napa

आज दिउँसो मुलुकका विभिन्न क्षेत्रमा वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती, गण्डकी र  अन्य प्रदेशका पहाडी भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ । बिहान पनि बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

राति प्रदेश १, मधेस  प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङ हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

शनिबार प्रदेश १, मधेस  प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा र  अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । आइतबार पहाडी भू–भागका केही स्थानमा वर्षाको सम्भावना छ ।


६ जेठ २०७९, शुक्रवार ०७:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु