punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा २१ हजार मत गणना गर्न बाँकी, हमालको अग्रता कायमै

Chaupati
safha napa

कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले मतान्तर फराकिलो बनाएका छन् । अहिले सम्म ४२ हजार २३० मतगणना हुँदा मेयरमा स्वतन्त्र उम्मेदवार हमालले १९ हजार १४७ मत पाएका छन् ।

हमाललाई पछ्याइरहेका गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ९ हजार ५५७पाएका छन् । यसैगरी एमालेका रणबहादुर चन्दले ४ हजार ६६४ मत पाएका छन् । हमाल र वडबीच ९ हजार ५९० मतको अन्तर छ।

उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ८ हजार ८१५ मतका साथ अग्रता लिइरहेकी छिन् । उनलाई पछ्याइरहेकी एमालेकी कन्दकला रानाले ८ हजार १४१ पाउँदा स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ५ हजार ३६ मत पाएका छन् । अब २१ हजार ४८५ मत गणना गर्न बाँकी  रहेको छ।

 


६ जेठ २०७९, शुक्रवार ०८:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु