धनगढी उपमहानगरको मतगणना सुरु
सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढी उपमहानगरमा मतगणनाका सुरु भएको छ। सर्वदलीय बैठकपछि मतगणना साढे १२ बजेदेखि सुरु भएको हो।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा नम्बर- १ बाट मतगणना सुरु गरिएको छ। धनगढी उपमहानगरको नयाँ भवनमा मतगणना भइरहेको छ। उपमहानगरको मेयरमा मात्रै ९ जनाको उम्मेदवारी छ।यस्तै उपमेयमा ६ जना उम्मेदवार छन् ।
३१ वैशाख २०७९, शनिवार १२:५८ बजे प्रकाशित






























