धनगढीमा ११ बजेदेखि मतगणना गर्ने सहमति
धनगढी उपमहानगरपालिकामा ११ बजेदेखि मतगणना गर्ने सहमती भएको छ । प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टका अनुसार सर्वदलीय बैठकमा ११ बजेदेखि मतगणना गर्ने सहमति भएको हो।
उनका अनुसार धनगढी जिल्लामा पाँच लाख २५ हजार १ सय २५ मतदाता रहेका छन् । जिल्लाका ६ सय १९ मतदान केन्द्रबाट ६५ प्रतिशत अर्थात तीन लाख ४१ हजार बढी मत खसेको छ ।
३१ वैशाख २०७९, शनिवार १०:४० बजे प्रकाशित






























