punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीको घोडाघोडीमा मतगणना सुरु

Chaupati
safha napa

कैलालीको घोडाघोडी नगरपालिकामा मतगणना सुरु भएको छ । यहाँ १२ वडा रहेका छन् । दुई वडाको एकै साथ मतगणना गर्ने तयारी भइरहेको छ । पहिलो चरणमा वडा नम्बर १ र १२ मा मतगणना हुने भएको छ ।

यहाँ प्रमुखमा एमालेबाट ममता प्रसाद चौधरी, गठबन्धनबाट एकीकृत समाजवादीका खडक रावत र राप्रपाबाट नीरज मल्ल बिच प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।

उपप्रमुखमा एमालेबाट करुणा बम बटाला र गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी गुलिया चौधरीबीच प्रतिस्पर्धा हुने आकलन गरिएको छ । यहाँ ५२ हजार ४० मतदाता रहेकोमा ३३ हजार ६४९ मत खसेको छ ।


३१ वैशाख २०७९, शनिवार १०:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु