बुवाको मृत्यु भएपछि छोराले दिए वडाध्यक्षमा उम्मेदवारी
दाङको तुलसीपुर उपमहानगरपालिका-१७ मा वडाध्यक्षका उम्मेदवार लबरू चौधरीको मृत्यु भएपछि उनका छोराले उम्मेदवारी दिएका छन्।
नेकपा (एमाले) बाट वडाध्यक्षका उम्मेदवार लबरूको उपचारका क्रममा सोमबार राति मृत्यु भएको थियो। उनको ठाउँमा एमालेले प्रदीप चौधरीलाई उम्मेदवार बनाएको हो। प्रदीप पनि एमालेमा क्रियाशिल छन्।
एमालेले टिकट दिएसँगै प्रदीपले बुधबार निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका छन्। आयोगले आज दिउसो १ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय दिएको थियो।
तुलसीपुर -१७ मा ३ जेठमा मतदान हुनेछन्। अन्य वडामा भने ३० वैशाखमै मतदान हुनेछन्।
२८ वैशाख २०७९, बुधवार १४:०९ बजे प्रकाशित






























