punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा सत्ता गठबन्धनको सभा : भाषण सुन्नेको संख्या केही सय मात्रै!

Chaupati
safha napa

पाँच दलीय गठबन्धनले सोमबार कैलालीको धनगढीमा चुनावी सभा गरेको छ।उक्त सभालाई प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितले सम्बोधन गरे।

तर यो चुनावी सभामा गठबन्धनले केही सय पनि सहभागी जम्मा गर्न सकेन। भाषण सुन्न करिब ४ सयजति मात्रै मानिस जम्मा भएका थिए।

पर्याप्त तयारी अभावमा गठबन्धनले ठूलो भनिएको चुनावी सभामा मानिसहरु ल्याउन नसकेको हो।मानिसहरुको सहभागिता कम भएपछि शीर्ष नेताहरुले पनि कोणसभालाई सम्बोधन गरेको शैलीमा छोटो भनाइ राख्दै विश्राम लिएका थिए।

सभालाई सम्बोधनका क्रममा कांग्रेस सभापतिसमेत रहेका देउवाले सुदूरपश्चिमको विकासको जिम्मा आफूले लिएको बताए। यो सभामा धनगढीका एकजना स्वतन्त्र उम्मेदवार मदनराज भट्ट कांग्रेसमा प्रवेश गरेका छन्।


२६ वैशाख २०७९, सोमवार १५:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु