punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

स्थानिय तह निर्वाचनः कर्मचारीलाई पायकपर्ने ठाउँमा खटाउन माग

Chaupati
safha napa

नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्य समिति कञ्चनपुरले आसन्न स्थानीय तहको निर्वाचनका लागि विभेदरहित ढङ्गबाट पायकपर्ने ठाउँमा कर्मचारीलाई खटनपटनको कार्य गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयसँग माग गरेको छ।

यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि वैशाख २१ र २२ गतेको संशोधित सूचनामा उल्लेख भएअनुसार मतदान अधिकृत र सहायक मतदान अधिकृत ज्येष्ठताको अवमूल्याङ्न, सङ्घीय तथा प्रादेशिक कार्यालयलाई प्राथमिकता, जानकारी विना संशोधित लिष्टमा कर्मचारीको नामावली हेरफेर र पालिकाका कर्मचारीलाई टाढाटाढाका मतदान केन्द्रमा खटाइएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको नेपाल निजामती कर्मचारी सङ्गठन कञ्चनपुरका अध्यक्ष मानबहादुर चन्दले बताए।

यसबारे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ध्यनाकर्षण पत्र बुझाइएको उनले बताए।


२४ वैशाख २०७९, शनिवार १५:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु