धनगढीमा युवायुवती मृत अवस्थामा फेला
कैलालीमा युवायुवती रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । जिल्लाको धनगढी उप-महानगरपालिका वडा नम्बर -१० को सुगथी नालामा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
मृत फेला पर्नेमा सोही ठाँउकै फुलनिया टोलका १७ वर्षीय अनुप राना र धनगढी उपमहानगरपालिका वडा नम्बर -१२ जुगेडा गाउँका १६ वर्षीया आकृति राना रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक वेद प्रकाश जोशीले बताए ।
घटनाको कारण भने खुल्न सकेको छैन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२४ वैशाख २०७९, शनिवार ०७:५२ बजे प्रकाशित






























