कैलालीमा माटोको ढिस्कोमा पुरिएका युवकको मृत्यु, एकजना गम्भीर
धनगढी,जेठ १७ । कैलालीमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर गम्भिर घाईते दुई जना मध्ये एक जनाको भने मृत्यु भएको छ । आज बिहान घर लितपोत गर्ने माटो लिन गौरीगणेश सामुदायिक वनमा गएका बेदा माटोको ढिस्को भत्किदा जिल्लाको गौरीगंगा नगरपालिका ८ बसन्त टोलका १८ बर्षिय भुवन बोहरा र ४० बर्षकी दुर्गा मन्नी घाईते भएका थिए ।
उनिहरुलाई थप उपचारका लागि धनगढी ल्याईरहेको अवस्थामा घाईते भएका १८ बर्षिय भुवन बोहराको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए।
यस्तै ढिस्कोमा पुरिएकी सोही ठाउँकी ४० बर्षकी दुर्गा मन्नीको भने सेति प्रादेशिक अस्पतालमा उपभार भईरहेको जनाएको छ ।
१७ जेठ २०७७, शनिवार ०५:५६ बजे प्रकाशित































