punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

क्वारेन्टाइन बसाइ कष्टपूर्ण

Chaupati
safha napa

धनगढी,जेठ १६। भारतबाट स्वदेश फर्किएका नेपालीले कैलालीका विभिन्न स्थानीय तहले बनाएका क्वारेन्टाइन भरिभराउ छन् । भारतका विभिन्न शहरबाट अनेकौँ समस्या झेल्दै घरनजिक आइपुगेका उनीहरूको क्वारेन्टाइन बसाइ भने कष्टपूर्ण बनेको छ ।

जिल्लाका लम्कीचुहा, गौरीगंगा, भजनी, घोडाघोडी, धनगढी लगायत स्थानीय तहका विद्यालयमा बनाइएका क्वारेन्टाइनमा खानेपानी, शौचालय, खाना बस्नको व्यवस्थापनमा समस्या देखिएको छ । केही स्थानीय तहले व्यवस्थित गर्न खोजे पनि सङ्ख्या दिन प्रतिदिन बढ्दै गएपछि व्यवस्थापनमा चुनौती थपिएको हो । धनगढी उपमहानगरपालिकाले बनाएको त्रिनगर माध्यामिक विद्यालयमा वस्दै आएका रमेश पार्कीले क्वारेन्टाइनमा क्षमताभन्दा बढी मानिसलाई राख्दा शौचालय, पानी, खाना, बस्नको व्यववस्थापन गर्न समस्या भएको बताए ।

क्वारेन्टाइनमा बसेकाहरूलाई दिन काट्न सहज होस् भनेर रासखएपनि झनै समस्या भएको उनिहरुले बताएका छन् । क्वारेन्टाइनमा बसेकाहरूको अहिले सम्म स्वास्थ्य परिक्षण पनि नभएको उनिहरुले गुनासो गरेका छन् । गर्मिसंगै बर्षात शुरु भएपनि अन्य रोगको पनि संक्रमण रहेको उनिहरुको गुनासो छ । क्वारेन्टाइनमा बसेकाहरूलाई ब्यस्थीत तरिकाले राख्न उनिहरुले माग गरेका छन् ।

कैलालीका १३ वटै स्थानीय तहमा बनाईएका क्वारेन्टाइन अपुग भएपछि थप बनाउँने तयारीमा स्थानीय तहहरु रहेका छन् । लकडाउनका कारण भारतमा मजदूरी गुमेका नेपालीहरु धमाधम स्वदेश फर्किन थालेपछि सुदूरपश्चिम प्रदेशमा क्वारेन्टाइन अभाव हुने देखिएको छ । प्रदेशमा करिब २४ हजार मानिस अटाउने क्षमताका क्वारेन्टाइन बनाइएका छन् ।


१६ जेठ २०७७, शुक्रवार १३:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु