punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीको डिलासैनीमा वडा सदस्यका उम्मेदवारमाथि खुकुरी प्रहार

Chaupati
safha napa

बैतडीको डिलासैनी गाउँपालिका वडा नं ५ का वडा सदस्यका उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ । सोमबार राति ६० वर्षीय हरिराम साउँदमाथि खुकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

माओवादी केन्द्रबाट उम्मेदवार बनेका उनीमाथि अजित साउँदको समूहले आक्रमण गरेको आरोप छ । आक्रमण गर्ने समुहको खोजी भइरहेको जोशीले बताए ।

गम्भीर घाइते भएका साउँदको टाउको र शरीरमा गहिरो चोट लागेको छ । स्थानीय गोकुलेश्वर अस्पतालमा समान्य उपचारपछि उनलाई उपचारका लागि धनगढी रिफर गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।


२० वैशाख २०७९, मंगलवार १२:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु