सामाजिक सुरक्षा भत्ता यथावत्, ६७ अर्ब ५० करोड विनियोजन
काठमाडौं, जेठ १५ । सरकारले सबै सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको छ । कोरोनाभाइरसको संक्रमण बढेसँगै आर्थिक क्षेत्रमा परेको नकारात्मक असरका कारण सामाजिक सुरक्षा भत्ता हटाउने चर्चाका माझ सरकारले यसलाई निरन्तरता दिएको हो ।
बिहीबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०७७÷०७८ को आयव्यय विवरण प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले हाल दिँदै आएका सबै सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको जानकारी दिएका हुन् । यसका लागि ६७ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको अर्थमन्त्री खतिवडाले जानकारी दिए ।
१५ जेठ २०७७, बिहीवार ११:३४ बजे प्रकाशित































