punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कारबाहीमा परेकालाई उम्मेदवार बनाइएको भन्दै वडाध्यक्षसहित ५८ जनाले दिए राजीनामा

Chaupati
safha napa

धनगढी उपमहानगरपालिकाका एक वडाध्यक्षसहित ५८ जनाले नेपाली काँग्रेसबाट सामूहिक राजीनामा दिएका छन् ।  वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एकलौटी ढंगले टिकट वितरण भएको भन्दै वडा नम्बर ४ का निवर्तमान वडाध्यक्ष दिपक थापासहित ५८ जना नेता कार्यकर्ताले साधारण सदस्यसमेत नरहने गरि पार्टीबाट सामूहिक राजीनामा दिएका हुन् ।
बिहीबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरुले पार्टीबाट राजीनामा दिएका हुन् ।

२०७४ को चुनावमा बागी भई कार्वाहीमा परेको तर हालसम्म कार्वाही फुकुवा नभएको व्यक्तिलाई सिफारिस गरिएको भन्दै आफूसहितका व्यक्तिहरुलै राजीनामा दिएको वडाध्यक्ष थापाले बताए ।
टिकट वितरणका क्रममा वडा कार्यसमितिले आवश्यक नगरी मनोमानी ढंगले उम्मेदवार सिफारिसको काम गरेको उनको आरोप छ । ‘पार्टीमा मेरो भूमिका आवश्यक नदेखिएको हुनसक्ने महशुस गर्दै राजीनामा दिएको उनले बताए ।

नेपाली काँग्रेस वडानम्बर ४ पूर्व काँग्रेस वडा सभापति अनन्तराज जोशीले जीवनभर नेपाली काँग्रेस रहेको भएपनि आजबाट नेपाली काँग्रेस परित्याग गरेको बताएका छन् । ‘वडानम्बर ४ बाट ११ जना अध्यक्ष पदका लागि तथा २२ जना सदस्य पदका लागि उम्मेदवारी दाबी गरिएको थियो,’ उनले भने, ‘कसैसंग पनि छलफल नगरी बडा कार्य समितिले ३ जना अध्यक्ष पदका आकांक्षीको नाम सिफारिस गर्यो ।’ वडाको टिकट दिने प्रक्रियामा भूगोल, क्षेत्र, योगदान मूल्यांकनै नगरी हस्तक्षेप भएको उनको भनाइ छ ।
एकलौटी ढंगले गरेको निर्णयले तथा पार्टीले गर्ने विभेदपूर्ण व्यवहारबाट पीडित पार्टीका ईमान्दार, क्रियाशील एवम् सक्रिय कार्यकर्ताहरुले मनोभावनामा आँच पुगेको उनले बताए । असन्तुष्ट समूहले आसन्न निर्वाचनमा स्वतन्त्र ढंगले मतदान गर्ने जनाएका छन् ।

वडाबाट ९९ जना असन्तुष्टहरुको हस्ताक्षर सहित जिल्ला सभापतिलाई बुझाउने उनीहरुले जनाएका छन् । काँग्रेस वडा नम्बर ४ बाट बुद्धि खड्कालाई उम्मेदवारी दिएको छ । उक्त पार्टीले कारवाही गरेको व्यक्तिको टिकट रोक्न ९९ जना क्रियाशील सदस्यहरुको हस्ताक्षरसहित जिल्ला कार्य समितिको ध्यानाकर्षण गर्दा पनि वेवास्ता गरिएको असन्तुष्ट पक्षहरुको भनाई छ ।


१५ वैशाख २०७९, बिहीवार २१:०८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु