punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

स्थानीय तह निर्वाचन : एक करोड ७७ लाख मतपत्र छापियो

Chaupati
safha napa

यहि ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले हालसम्म १ करोड ७७ लाख ७५ हजार मतपत्र छपाइ कार्य सम्पन्न गरेको छ ।

आयोगका अनुसार ७२ जिल्लाका लागि एक करोड ७७ लाख ७५ हजार थान मतपत्र छाप्ने काम सम्पन्न भइसकेको र हालसम्म ३३ जिल्लाका लागि ५१ लाख ८१ हजार मतपत्र ढुवानी गरिएको छ ।

मनोनयन अपडेट गर्ने क्रम अझै जारी रहेको भन्दै देशभरबाट बिहीबार ३:३० बजेसम्म एक लाख ५३ हजार २ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ । जसमा प्रमुखमा ३ हजार ५१०, अध्यक्षमा ३ हजार ३८७, उपप्रमुखमा २ हजार १६८, उपाध्यक्षमा २ हजार ४०१, वडाअध्यक्ष ३५ हजार ३५३, महिला सदस्यमा २६ हजार ५३२, दलित महिला सदस्यमा २३ हजार ९३१ र सदस्यमा ५५ हजार ७२० जनाको मनोनयन दर्ता भएको छ ।

मतदान तथा निर्वाचनको काम गर्न २८ वैशाखदेखि ३० वैशाखसम्म मतदान स्थल र मतदान स्थल रहेका विद्यालय उपयोग गर्न तीन दिन विद्यालय बन्द हुने आयोगले जनाएको छ । तीन दिन ती विद्यालयमा वैकल्पिक विधिबाट अध्ययन गर्ने व्यवस्था मिलाउन आयोगले भनेको छ ।


१५ वैशाख २०७९, बिहीवार १७:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु