punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा उम्मेदवारी दर्ता गराएका चार जनाविरुद्ध उजुरी

Chaupati
safha napa

कैलालीको दुई पालिकामा उम्मेदवारी मनोनयन दर्ता गराएका चार जनाविरुद्ध उजुरी परेको छ। कैलारी गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दर्ता गराएकाएक जनाविरुद्ध उजुरी परेको निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले जानकारी दिए।

यस्तै घोडाघोडी नगरपालिकाकामा वडा अध्यक्षका लागि उम्मेदवारी दिएका हिराजन विष्ट, महिला सदस्यमा उम्मेदवारी दिएकी कृष्णा थापा, सदस्यमा उम्मेदवारी दिएका चोपलाल चौधरीविरुद्ध पनि उजुरी परेको छ।

पार्टीबाट जबरजस्ती टिकट लिएर उम्मेदवारी दर्ता गराएको भन्दै सन्तराम चौधरीले वडाध्यक्षका उम्मेदवार विष्टविरुद्ध उजुरी दिएको निर्वाचन अधिकृत मोहनदेव जोशीले जानकारी दिए।

कृष्णा थापा स्वयंसेवीका रहेको र चोपलाल चौधरी सामुदायिक वनको सचिवमा कार्यरत रहेको भनी उजुरी परेको जनाइएको छ। जिल्लाका अन्य ११ पालिकामा भने कुनै पनि उम्मेदवारका विरुद्ध उजुरी परेको छैन।


१४ वैशाख २०७९, बुधवार १०:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु