punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

स्थानीय निर्वाचन: उम्मेदवारी संख्या १ लाख ३६ हजार नाघ्यो

Chaupati
safha napa

वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि देशभरका ७५३ पालिकामा प्रमुख, उपप्रमुख र सदस्य पदका लागि उम्मेदवारी दर्ता गराउनेको संख्या १ लाख ३६ हजार नाघेको छ। तर अझै यो अन्तिम सूची नभएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलले बताए।

‘कतिपय स्थानमा नेट छैन, कतिपय ठाउँमा राति अबेरसम्म लाइन छ’, उनले भने, ‘त्यसैले अन्तिम सूची प्रकाशन हुन बाँकी छ, अद्यावधिक जारी छ।’ देशभरका पालिकामा गरी ३५ हजार २ सय २१ पदका लागि अहिलेसम्म १ लाख ३६ हजार भन्दा बढीले उम्मेदवारी दिएका हुन्। केही बेरमा अद्यावधिक तथ्यांक सार्वजनिक गरिने आयोग प्रवक्ता पौडेलले बताए।


१३ वैशाख २०७९, मंगलवार ०८:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु