माओवादीले धनगढीका १९ वटै वडाका वडाध्यक्षका उम्मेदवारको टुङ्गो लगायो
नेकपा माओवादी केन्द्रले धनगढीका १९ वटै वडाका वडाध्यक्षका उम्मेदवारको टुङ्गो लगाएको छ । माओवादी केन्द्रका धनगढी नगर कमिटी सचिव रमेशप्रसाद भट्टराईका अनुसार माओवादीले वडा नम्बर १ मा यदु सुनार, २ मा डम्बर सुनार, ३ मा सुन्दरलाल धामी, ४ मा आशिष बम, ५ मा रुपलाल चौधरी, ६ मा भागीराम चौधरी, ७ मा इन्द्र चौधरी, ८ मा विश्वजित चौधरी, वडा नम्बर ९ मा बलबहादुर बिकलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । यस्तै वडा नम्बर १० मा भने माओवादीले काँग्रेसलाई सघाउने जनाएको छ ।
त्यस्तै वडा नम्बर ११ मा गंगारामा राना, १२ मा खडक भट्ट, १३ मा टेकसिंह धामी, १४ मा कृष्ण गिरी, १५ मा फुलराम चौधरी, १६ मा रामलाल चौधरी, १७ मा रामबहादुर चौधरी, १८ मा मुरारी अधिकारी र १९ मा हरिचन्द्र चौधरीले वडाध्यक्षको टिकट पाएका छन् ।
१२ वैशाख २०७९, सोमवार १८:२६ बजे प्रकाशित






























