punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाजुरामा एमालेले लगायो उम्मेदवारको टुंगो

Chaupati
safha napa

नेकपा एमालेले बाजुरामा उम्मेदवारको टुंगो लगाएको छ।नौ स्थानीय तहमा प्रमुख र उपप्रमुखको लागि उम्मेदवारको टुंगो लगाइएको हो। जसअनुसार बडीमालिका नगरपालिका प्रमुखमा अमर खड्का र उपप्रमुखमा नन्दा थापा, बुढीनन्दा नगरपालिकामा जनककुमार बोहरा र उपप्रमुखमा मनु रोकाया बिसीलाई उम्मेदवार बनाउने निर्णय गरेको जनाइएको छ।

यस्तै त्रिवेणी नगरपालिकाको मेयरमा मोतिसिंह बुढा र उपप्रमुखमा पार्वतीदेवी बुढा र बुढिगङ्गा नगरपालिकामा रामबहादुर बानियाँ र उपप्रमुखमा माया कुँवरलाई उम्मेदवार बनाएको छ।

यस्तै स्वामिकार्तिक गाउँपालिकामा चतुरभुज शाही र सुलोचना भण्डारी बुढा र खप्तडछेडेदह गाउँपालिका अध्यक्षमा दिलबहादुर रावत र उपाध्यक्षमा मनदेवी ओलीलाई उम्मेदवार बनाएको छ।

यस्तै गौमुल गाउँपालिका अध्यक्षमा हरिबहादुर रोकाया र उपाध्यक्षमा सीता थापा, जगन्नाथ गाउँपालिका अध्यक्षमा कालीबहादुर शाही र उपाध्यक्षमा मरुकला बिष्ट, हिमाली गाउँपालिका अध्यक्षमा अजबहादुर मल्ल र उपाध्यक्षमा राजकला सार्कीलाई उम्मेदवार बनाएको हो।

 


११ वैशाख २०७९, आइतवार १२:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु