punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आईपीएल: दिल्लीलाई हराउँदै राजस्थान शीर्ष स्थानमा

Chaupati
safha napa

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सलाई हराउँदै राजस्थान राेयल्स अंक तालिकाकाे शीर्ष स्थानमा उक्लेकाे छ । शुक्रबार राति राजस्थानले दिल्लीलाई १५ रनले हराएको हो ।

२ सय २३ रनको विशाल लक्ष्य पछ्याएको दिल्लीले ८ विकेट गुमाएर २ सय ७ रन मात्र बनाउन सक्यो । कप्तान ऋषभ पन्तले बनाएको ४४ रन टोलीको सर्वाधिक स्कोर रह्यो । ओपनर पृथ्वी शाले ३७ र डेविड वार्नरले २८ रन बनाए । ललित यादवले ३७ र रोमन पोविलले ३६ रन जोडे । अन्यको प्रर्दशन उल्लेख्य रहेन ।

राजस्थानका प्रसिद्ध कृष्णले सर्वाधिक ३ विकेट लिए । रविचन्द्रन आश्विनले २ तथा युजभेन्द्र चहल र ओबेद मककायले एक एक विकेट लिए । पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा २ सय २२ रन बनाएको थियो ।

ओपनर जोस बटलरको १ सय १६ रनको विस्फोटक इनिङ्समा राजस्थानले ठूलो स्कोर खडा गरेको हो । बटलरले ६५ बलमा ९ चौका र ९ छक्का हिर्काएका थिए ।

देवदत्त पाडिक्कले ५४ रनको अर्धशतकिय पारी खेले । सञ्जु सामसन ४६ मा नटआउट रहे । दिल्लीका मुस्ताफिर रहमान र खलिल अहमदले समान एक एक विकेट लिए । जितसहित लिगको शीर्ष स्थानमा उक्लिएको राजस्थानले ७ खेलबाट १० अंक जोडेको छ । दिल्ली ६ अंकसहित तालिकाको छैटौँ स्थानमा यथावत छ ।


१० वैशाख २०७९, शनिवार ०८:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु