punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चुनाव लड्न डडेल्धुराका दुई शिक्षकले दिए राजीनामा

Chaupati
safha napa

आगामी स्थानीय तह निर्वाचनमा चुनाव लड्न डडेल्धुराका दुई शिक्षकले राजीनामा दिएका छन्।जिल्लाको नवदुर्गा गाउँपालिका–५ विजयाशैनी मावि चामाचौडका शिक्षक प्रेमबहादुर ऐर र असिग्राम मावि रुवाखोला गन्यापधुरा गाउँपालिका–१ का चन्द्रबहादुर देउवाले राजीनामा दिएका हुन्।

ऐर र देउवाले शिक्षा विकास तथा समन्वय इकाई डडेल्धुरामा राजीनामा पत्रमा बुझाएका हुन्। इकाई प्रमुख नारदप्रसाद जोशीका अनुसार २०४१ मा स्थायी निमावि द्वितीय शिक्षक ऐरको राजीनामा शुक्रबार स्वीकृत भएको छ। उनको राजीनामा आइतबारदेखि लागू हुने प्रमुख जोशीले बताए।

देउवा २०४६ देखि स्थायी प्रावि द्वितीय श्रेणी शिक्षकका रूपमा रहेका थिए। देउवाको राजीनामा बिहीबारदेखि नै स्वीकृत भई लागू भएको इकाई प्रमुख जोशीले जानकारी दिए।

देउवा नेपाली कांग्रेसबाट गन्यापधुरा–१ को वडाध्यक्ष तथा ऐर नेकपा एकिकृत समाजवादीबाट नवदुर्गा–५ को अध्यक्षमा चुवना लड्ने तयारीमा रहेको बताइएको छ।

गन्यापधुरा–१ रुवाखोला प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहवडा हो।


१० वैशाख २०७९, शनिवार ०८:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु