स्वास्थ्य तथा जनसंख्या मन्त्रीद्धारा सातै प्रदेशका सामाजिक विकासमन्त्रीसँग छलफल
काठमाडौं, १३ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सातै प्रदेशका सामाजिक विकासमन्त्रीहरूसँग कोरोना रोकथाम र नियन्त्रणमा भैरहेको कामका विषयमा छलफल गर्नुभएको छ । मन्त्री ढकालले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाटै सातै प्रदेशका मन्त्रीहरूसँग छलफल गर्नुभएको हो । सामाजिक विकासमन्त्रीहरूसँगको छलफल अहिले पनि जारी रहेको छ ।
छलफलमा मन्त्री ढकालसँगै, मन्त्रालयका सचिव यादव कोइराला, मन्त्रीको विज्ञ सल्लाहकार डा खेमबहादुर कार्की, स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठ र सहसचिव एवं मन्त्रालय अन्तर्गको इन्सिडेन्ट कमान्ड सिस्टममा कमान्डर डा गुणराज लोहनी सहभागी रहेका छन । सातै प्रदेशका सामाजिक विकासमन्त्रीहरू पनि छलफलमा सहभागी रहनु भएको छ । छलफल अहिले पनि जारी छ । कोरोना नियन्त्रण र रोकथामको काम अझ प्रभावकारी कसरी बनाउने भन्ने विषयमा स्वास्थ्यमन्त्री ढकालले प्रदेशका सामाजिक विकासमन्त्रीहरूसँग छलफल गर्नुभएको हो ।
१३ जेठ २०७७, मंगलवार १४:२८ बजे प्रकाशित













