धनगढी उपमहानगरको मेयर पद कांग्रेस र उपमेयर माओवादीले पाउने
पाँच दलीय सत्ता गठबन्धनबीच वैशाख ३० गते हुने स्थानीय चुनावमा महानगर र उपमहानगरको भागबन्डा मिलेको छ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा सहभागी माओवादी नेता वर्षमान पुनका अनुसार महानगर र उपमहानगरमा चुनावी तालमेलको टुंगो लागेको हो ।
भागबन्डाअनुसार सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिकाको मेयर पद कांग्रेसले पाउने भएको छ । यस्तै नेकपा माओवादी केन्द्रले उपमेयर पाउने निश्चित भएको हो ।
७ वैशाख २०७९, बुधवार १७:५४ बजे प्रकाशित































