अछाममा नेपाली सेनाको गाडी दुर्घटना हुँदा ५ जना घाईते
अछाममा नेपाली सेनाको गाडी दुर्घटना भएको छ । अछामको साँफेबगर नगरपालिका वडा नं. ८ चण्डिकाको जमालगाँउमा नेपाली सेनाको गाडी दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।
डोटीबाट कालिकोट तर्फ गईरहेको ३० जना बढी नेपाली सेना बोकेको गाडी दुर्घटना हुदाँ ५ जना घाईते भएको प्रहरीले जनाएको छ ।
स्थानिय तहको निर्वाचनको सुरक्षार्थ डोटीबाट कालिकोट खटि जान लागेका नेपाली सेना बोकेको भ्यान (गाडी) जमालगाँउमा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाईते पाँचै जनाको जिल्लाको बयालपाटा अस्पतालमा उपचार भईरहेको छ ।
७ वैशाख २०७९, बुधवार १६:२४ बजे प्रकाशित































